ne_mrk_text_ulb/01/29.txt

1 line
836 B
Plaintext

\v 29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा आउनुभयो । \v 30 अब सिमोनकी सासू ज्वरो आएर सुतिरहेकी थिइन्, र तिनीहरूले तिनको विषयमा झट्टै येशूलाई बताए । \v 31 यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।