ne_mat_text_ulb/08/08.txt

1 line
1.4 KiB
Plaintext

\v 8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ । \v 9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र त्यो जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र त्यो आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र त्यसले त्‍यो गर्छ ।” \v 10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यस्तो विश्‍वास भएको मैले कोही भेट्टाएको छैनँ ।