ne_mat_text_ulb/07/03.txt

1 line
1.0 KiB
Plaintext

\v 3 र किन तिमीहरूले आफ्नो भाइको आँखामा भएको परालको सानो टुक्रा देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ? \v 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिं तिम्रो आफ्नै आँखामा छ? \v 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्नेछौ ।