ne_mat_text_ulb/04/23.txt

1 line
1.3 KiB
Plaintext

\v 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बीचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । \v 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र मानिसहरूले विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त भएका बिरामीहरू, र भूतहरूद्वारा वशमा पारिएका र छारे रोग लागेका र पक्षाघातीहरू सबैलाई उहाँको अघि ल्याए। येशूले तिनीहरूलाई निको पार्नुभयो । \v 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भीड उहाँको पछि लाग्यो ।