ne_mat_text_ulb/04/01.txt

1 line
1.1 KiB
Plaintext

\v 1 त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो । \v 2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो । \v 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।” \v 4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”