ne_mat_text_ulb/02/13.txt

1 line
1.1 KiB
Plaintext

\v 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्रदेशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीं बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्‍नेछ ।” \v 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे । \v 15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीं बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”