ne_mat_text_ulb/02/01.txt

1 line
812 B
Plaintext

\v 1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे, \v 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ।” \v 3 जब हेरोद राजाले यो सुने, तिनी र तिनीसँगै सारा यरूशलेम बेचैन भए ।