ne_mat_text_ulb/27/62.txt

1 line
1.2 KiB
Plaintext

\v 62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए । \v 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तीन दिनपछि म फेरि उठ्नेछु ।’ \v 64 त्यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र त्यसलाई चोरेर लगेर मानिसहरूलाई, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ' भन्लान् ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”