ne_mat_text_ulb/27/48.txt

1 line
831 B
Plaintext

\v 48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो । \v 49 तिनीहरूमध्ये बाँकीकाहरूले चाहिं भने, “यसलाई एक्लै छोडिदेऊ । यसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन्, हेरौं ।” \v 50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।