ne_mat_text_ulb/27/20.txt

1 line
963 B
Plaintext

\v 20 तब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भीडलाई राजी गराए । \v 21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।” \v 22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिं म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रूसमा झुन्ड्‍याउनुहोस् ।”