1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 44 त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौं र हामीले तपाईंको सेवा गरेनौं?’ \v 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सबैभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ \v 46 यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिं अनन्त जीवनमा प्रवेश गर्नेछन् ।” |