ne_mat_text_ulb/25/41.txt

1 line
1.1 KiB
Plaintext

\v 41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई पनि भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको हो, \v 42 किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ, \v 43 म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’