1 line
1.4 KiB
Plaintext
1 line
1.4 KiB
Plaintext
\v 37 त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौं र तपाईंलाई खुवायौं? वा तिर्खाउनुभएको देख्यौं र तपाईंलाई पिउन दियौं? \v 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौं र तपाईंलाई भित्र ल्यायौं? अथवा नाङ्गो देख्यौं र पहिराइदियौं? \v 39 र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौं र हामी तपाईंकहाँ आयौं?’ \v 40 तब राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सबैभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’ |