ne_mat_text_ulb/25/19.txt

1 line
1.1 KiB
Plaintext

\v 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए । \v 20 पाँच सिक्‍का पाएको नोकर आयो र त्यसले अर्को पाँच सिक्‍का ल्यायो । त्यसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँच सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्को पाँच सिक्‍का कमाएको छु ।’ \v 21 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’