ne_mat_text_ulb/25/10.txt

1 line
942 B
Plaintext

\v 10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो । \v 11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’ \v 12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’ \v 13 त्‍यसकारण जागा रहो किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।