ne_mat_text_ulb/24/48.txt

1 line
1003 B
Plaintext

\v 48 तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिकले ढिला गरेका छन्’ भनी भन्छ, \v 49 अनि त्यसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, \v 50 त्यस नोकरले नचिताएको दिन र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरका मालिक आउनेछन् । \v 51 त्यसका मालिकले त्यसलाई टुक्रा-टुक्रा पारी काट्नेछन् र त्यसलाई ती पाखण्डीहरूको ठाउँमा फाल्नेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।