ne_mat_text_ulb/24/37.txt

1 line
783 B
Plaintext

\v 37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ । \v 38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, \v 39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।