ne_mat_text_ulb/24/19.txt

1 line
937 B
Plaintext

\v 19 तर हाय, ती दिनमा तिनीहरूलाई, जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! \v 20 हिउँदमा वा विश्रामको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर । \v 21 किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । \v 22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्‍नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।