ne_mat_text_ulb/23/37.txt

1 line
1.1 KiB
Plaintext

\v 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, त्यसरी नै कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले इच्छा गरिनस् । \v 38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् । \v 39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”