ne_mat_text_ulb/23/29.txt

1 line
1007 B
Plaintext

\v 29 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्छौ । \v 30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौं ।’ \v 31 त्यसकारण तिमीहरू तिनीहरूका सन्तान हौ भनी आफैं गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।