ne_mat_text_ulb/23/13.txt

1 line
1.9 KiB
Plaintext

\v 13 तर धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्छौ । किनकि तिमीहरू यसमा आफैं प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ । \v 14 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १४ पद छैन (केही प्रतिलिपिहरूले निम्‍न पद १२ पदपछि लेख्छन्) \fqa धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू निल्छौ, र लामो-लामो प्रार्थना गर्ने बहाना गर्छौ । यसकारण तिमीहरूले अझ बढी दण्ड पाउनेछौ । \fqa* \f* \v 15 धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्छौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ ।