ne_mat_text_ulb/21/33.txt

1 line
865 B
Plaintext

\v 33 अर्को द‍ृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । तिनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए, त्यहाँ दाख पेल्ने कोल बनाए, रेखदेखको निम्ति एउटा मचान बनाए र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि तिनी अर्कै देशमा गए । \v 34 जब दाखको फसलको समय आयो, तिनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।