1 line
1.3 KiB
Plaintext
1 line
1.3 KiB
Plaintext
\v 25 यूहन्नाको बप्तिस्मा कहाँबाटआयो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने, तिनले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर भन्नेछन् । \v 26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौं भने, हामी भीडसँग डराउँदछौं, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्छन् ।” \v 27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ । |