ne_mat_text_ulb/21/15.txt

1 line
1.3 KiB
Plaintext

\v 15 तर जब मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरहेका सुने, तिनीहरू रिसले चूर भए । \v 16 तिनीहरूले उहाँलाई भने, “यी मानिसहरूले के भनिरहेका छन्, तिमी सुन्छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?” \v 17 त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीं बिताउनुभयो ।