ne_mat_text_ulb/18/07.txt

1 line
1.0 KiB
Plaintext

\v 7 पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्‍कार! किनकि पाप गर्ने लाउने परीक्षा त आउँछ नै, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा पाप गर्न लाउने परीक्षाहरू आउँछ! \v 8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।