ne_mat_text_ulb/18/04.txt

1 line
916 B
Plaintext

\v 4 त्यसैले जसले यी सानो बालकले झैं आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ । \v 5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, त्यसले मलाई अपनाउँछ । \v 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।