ne_mat_text_ulb/18/01.txt

1 line
880 B
Plaintext

\v 1 त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?” \v 2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र त्यसलाई तिनीहरूका बीचमा राख्‍नुभयो, \v 3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।