ne_mat_text_ulb/17/24.txt

1 line
889 B
Plaintext

\v 24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?” \v 25 तिनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले तिनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका छोराहरूबाट कि अरूहरूबाट?”