ne_mat_text_ulb/16/24.txt

1 line
1.1 KiB
Plaintext

\v 24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ र आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ । \v 25 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ । \v 26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिं गुमायो भने त्यसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?