ne_mat_text_ulb/16/13.txt

1 line
1.1 KiB
Plaintext

\v 13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?” \v 14 तिनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना; कोहीले एलिया; र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्छन् ।” \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?” \v 16 सिमोन पत्रुसले उत्तर दिंदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”