ne_mat_text_ulb/12/28.txt

1 line
962 B
Plaintext

\v 28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ । \v 29 कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म त्यसको घरमा छिरेर त्यसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि त्यसको घरका सामानहरू त्यसले चोर्नेछ । \v 30 जो मसित छैन त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन त्यसले छरपष्‍ट पार्छ ।