ne_mat_text_ulb/11/04.txt

1 line
963 B
Plaintext

\v 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ । \v 5 अन्धाहरूले द‍ृष्‍टि पाइरहेका छन्, लङ्गडाहरू हिँडिरहेका छन्, कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन् बहिराहरूले फेरि सुनिरहेका छन्, मरेकाहरू फेरि जीवित पारिएका छन्, अनि गरिबहरूलाई सुसमाचार सुनाइँदैछ ।" \v 6 अनि तिनीहरू धन्यका हुन् जसले मसँग चित्त दुखाएका छैनन् ।”