ne_mat_text_ulb/10/28.txt

1 line
944 B
Plaintext

\v 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ । \v 29 के एउटा सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाबिना तीमध्ये एउटा पनि भुइँमा खस्दैन । \v 30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् । \v 31 नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढी मूल्यवान् छौ ।