ne_mat_text_ulb/10/16.txt

1 line
915 B
Plaintext

\v 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाझैं पठाउँछु । यसकारण सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ । \v 17 मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् । \v 18 अनि तिमीहरू मेरो खातिर शासकहरू र राजाहरू सामु तिनीहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा ल्याइनेछौ ।