1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 21 ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । \v 22 त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेनौं?, के तपाईंको नाउँमा भूतहरू धपाएनौं? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेनौं र?’ \v 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’ |