ne_mat_text_ulb/04/21.txt

1 line
820 B
Plaintext

\v 21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । तिनीहरू जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना थिए । तिनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो, \v 22 र तिनीहरूले तुरुन्तै तिनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।