ne_luk_text_ulb/16/08.txt

1 line
927 B
Plaintext

\v 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनभने त्यसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । \v 9 म तिमीहरूलाई भन्दछु, अधर्मको धनले तिमीहरूले आफ्ना लागि मित्रहरू बनाओ, ताकि जब त्यो धन सकिन्छ, तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।