ne_luk_text_ulb/13/25.txt

1 line
1.2 KiB
Plaintext

\v 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिनेछौ र ढोका ढक्ढक्याउनेछौ र भन्‍नेछौ, ‘प्रभु, प्रभु हामीलाई भित्र आउन दिनुहोस्’। "उनले जवाफ दिनेछन् र तिमीहरूलाई भन्‍नेछन्, ‘‘म तिमीहरूलाई चिन्दिनँ वा तिमीहरू कहाँबाट आएका हौ" \v 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंको सामुन्‍ने खायौं, पियौं र तपाईंले हाम्रा गल्लीहरूमा शिक्षा दिनुभयो ।’ \v 27 तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍ट काम गर्नेहरू हो, मबाट गइहाल ।’