ne_luk_text_ulb/12/54.txt

1 line
911 B
Plaintext

\v 54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठिरहेको देख्छौ र तुरुन्तै तिमीहरू भन्दछौ, ‘वृष्‍टि हुन्छ' र त्यस्तै हुन्छ । \v 55 जब दक्षिणी बतास बहन्छ, तिमीहरू भन्छौ, ‘एकदमै गर्मी हुनेछ' र त्यस्तै हुन्छ । \v 56 पाखण्डीहरू हो, तिमीहरू पृथ्वी र आकाशको रूपको अर्थ लाउन जान्दछौ, तर तिमीहरू वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?