ne_luk_text_ulb/12/51.txt

1 line
1.1 KiB
Plaintext

\v 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ । \v 52 किनकि अब उप्रान्त एउटा घरका पाँच जना विभाजित हुनेछन्—दुई जनाको विरुद्धमा तीन जना, र तीन जनाको विरुद्धमा दुई जना हुनेछन् । \v 53 तिनीहरू विभाजित हुनेछन्, बुबा छोराको विरुद्धमा, र छोरा बुबाको विरुद्धमा हुनेछ; आमा छोरीको विरुद्धमा , र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी सासूको विरुद्धमा हुनेछे ।"