ne_luk_text_ulb/08/34.txt

1 line
850 B
Plaintext

\v 34 जब सुँगुर चराइरहेका मानिसहरूले जे भएको थियो त्यो देखे, तिनीहरू भागे र त्यसको बारेमा सहर र गाउँमा बताए । \v 35 त्यसैले जे भएको थियो त्यो हेर्नलाई मानिसहरू निस्केर गए, र तिनीहरू येशूकहाँ आए र त्यस मानिसलाई भेटाए जसबाट भूतात्माहरू निस्केर गएका थिए । त्यो लुगा लगाएर सद्दे मनको भएर येशूको चरणमा बसिरहेको थियो; अनि तिनीहरू डराए ।