ne_luk_text_ulb/08/28.txt

1 line
1.3 KiB
Plaintext

\v 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्‍च्‍यायो, र उहाँको सामु घोप्‍टो पर्‍यो र त्यसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, मसँग तपाईंको के सरोकार? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस् ।” \v 29 किनकि येशूले त्यस मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्नुभएको थियो । किनकि धेरै पटक त्यसले त्यसलाई पक्रेको थियो र त्यसलाई साङ्ग्ला र नेलले बाँधेर पहरामा राखिएको भए तापनि त्यसले ती साङ्ग्लाहरू छिनालेको थियो र त्यस भूतात्माद्वारा त्यो उजाडस्थानतिर डोर्‍याइन्थ्यो ।