ne_luk_text_ulb/08/26.txt

1 line
694 B
Plaintext

\v 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । \v 27 जब येशू पाखामा उत्रनुभयो, सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‍यो, जसमा भूतात्माहरू थिए । लामो समयदेखि त्यसले कुनै कपडाहरू लगाएको थिएन, र त्यो घरमा बस्दैनथ्यो, तर चिहानहरूमा बस्थ्यो ।