ne_luk_text_ulb/08/16.txt

1 line
994 B
Plaintext

\v 16 "बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन । बरु त्यसलाई त्यसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् । \v 17 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, न त प्रकट नहुने र ज्योतिमा नआउने कुनै गोप्य कुरा हुन्छ । \v 18 त्यसैले ध्यानसित सुन, किनकि जससँग छ त्यसलाई अझै दिइनेछ, तर जससँग छैन त्यसले आफूसँग जे छ भनी ठान्‍छ, त्योसमेत त्यसबाट खोसिनेछ ।”