ne_luk_text_ulb/08/01.txt

1 line
1.1 KiB
Plaintext

\v 1 त्यसपछि छिट्टै येशू वरपरका विभिन्‍न सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै भ्रमण गर्न थाल्‍नुभयो । उहाँसँग बाह्रजना चेलाहरू थिए, \v 2 साथै केही स्‍‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिएः मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए; \v 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना; सुसन्‍ना; र अरूहरू धेरै, जसले आफ्ना सम्पत्तिहरूबाट उहाँहरूका निम्ति जुटाईदिए ।