ne_luk_text_ulb/06/46.txt

1 line
1.1 KiB
Plaintext

\v 46 तिमीहरू मलाई किन 'प्रभु, प्रभु' भन्छौ, जब कि मैले भनेका कुराहरूचाहिं तिमीहरूले पालन गर्दैनौ? \v 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कोजस्तो हो भनी म तिमीहरूलाई भन्‍नेछु । \v 48 त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिनमा गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब बाढी आयो, तब जलप्रवाह त्यस घरमाथि ओइरियो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।