ne_luk_text_ulb/06/41.txt

1 line
982 B
Plaintext

\v 41 तिमीले आफ्‍नो भाइको आँखामा भएको सानो कसिङ्गर किन देख्‍छौ, तर आफ्नै आँखामा भएको मुढाचाहिं किन थाहा पाउँदैनौ? \v 42 तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने, तिमीले आफ्नो भाइलाई, 'भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ' भनी कसरी भन्‍न सक्छौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल, र तब तिमीले आफ्‍नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।