ne_luk_text_ulb/06/31.txt

1 line
1.4 KiB
Plaintext

\v 31 मानिसहरूले तिमीहरूलाई जसो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । \v 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि आफूहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । \v 33 यदि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र असल गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि त त्यसै गर्छन् । \v 34 यदि तिमीहरूले ती मानिसहरूलाई मात्र ऋण दिन्छौ जसबाट तिमीहरूले फिर्ता पाउने आशा गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? उत्ति नै फिर्ता पाउनलाई पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् ।