ne_luk_text_ulb/06/06.txt

1 line
1.3 KiB
Plaintext

\v 6 अर्को विश्रामको दिनमा यसो भयो कि उहाँ सभाघरभित्र जानुभयो र त्यहाँ भएका मानिसहरूलाई शिक्षा दिनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । \v 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई हेरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउने कारण भेट्टाउन सकून् । \v 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “उठ र यहाँ सबैका बीचमा खडा होऊ ।” त्यसैले त्यो मानिस उठ्‍यो र त्यहाँ खडा भयो ।