ne_luk_text_ulb/02/45.txt

1 line
735 B
Plaintext

\v 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू यरूशलेममा फर्के र त्यहाँ उहाँलाई खोज्‍न थाले । \v 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूलाई सुन्दै र प्रश्‍न गर्दै गरेको भेट्टाए । \v 47 जतिले उहाँका कुरा सुने, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित भए ।